आर्थिक अपराध रोक्न वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापना गरिने

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना गर्ने बताएका छन्।

बुधवार प्रहरी प्रधान कार्यालयमा ६९औँ नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापनासम्बन्धी अवधारणा तयार गरी तालुक गृह मन्त्रालयमा स्वीकृतार्थ पेश गरेको उनले बताए।

उनले नेपाल प्रहरीको कुल स्वीकृत दरबन्दी ७९ हजार ५४१ रहेकोमा हाल कार्यरत जनशक्ति ७५ हजार ६८६ रहेको पनि जानकारी दिए।

उनले हाल नेपाल प्रहरीका स्वीकृत २ हजार ६ सय ६० प्रहरी इकाइमध्ये १ हजार ४२ इकाइको आफ्नो जग्गा नरहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर