पुबुदु दासानायके जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त

नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले सामाजिक संजालमार्फत् पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षक समेत हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ फेन्चाइज टोली सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर