मनकामना केबलकार आजदेखि तीन दिन बन्द

मनकामना केबलकार तीन दिनका लागि बन्द भएको छ। मर्मत सम्भारका लागि भन्दै असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो।

केबलकारका तार फेर्ने र लठ्ठा छोट्याउने लगायतका कामका लागि तीन दिन सेवा बन्द गरेको मनकामना दर्शन प्रालिले जनाएको छ। केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिक झिकाएको बताइएको छ।

कात्तिक २ गतेदेखि सेवा पुनः सञ्चालन गर्ने प्रालिले बताएको छ। यसअघि बडादशैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो। द्वादशीमा भने चलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *