राजनीति गफले आजित भएपछि रवीन्द्र मिश्रको कविता ‘एक्लोपना’

राजनीति गफले आजित भएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा कविता ‘एक्लोपना’ प्रेषित गरेका छन् ।  सामाजिक सञ्जाल एक्समा मिश्रले सोमवार कविता ‘एक्लोपना’ ट्विट गरेका हुन् ।

सामाजिक सञ्जालमा राजनीति र राजासँग सम्वन्धित मात्र धेरै टिप्पणी आएको गुनासो गरिएपछि मिश्रले फरक स्वादका लागि प्रेषित गरेको बताएका छन् ।

उनी बेलाबेलामा सामाजिक सञ्जालमा कविता प्रेषित गर्ने गर्दछन्। उनको ‘रवीन्द्र मिश्रका कविता’ शीर्षकको कविता संग्रह पनि प्रकाशित छ

यस्तो छ उनको ट्विट

कविताको शीर्षक: एक्लोपना!

(राजनीति-राजनीति, राजा-राजा धेरै भयो रे। त्यसैले एउटा कविता प्रेषित गरेको। कविता चाहिँ Romantic (प्रेमिल) होइन, एकदम Melancholic (उदास)!)

**एक्लोपना**

म आफ्नै महलमा रमेको मान्छे
सगरमाथा चढ्न हिँडेको मान्छे
काँडे झारमा काफल फलाएर
पलाँसमा गुराँसको सपना बुनेर
हिँड्दा हिँड्दै अल्झिएको मान्छे
थाहै नपाइ एक्लिएर
एक्लोपनाले डसेको मान्छे

मेरो घर छ, परिवार छ, समाज छ – सबै छ
मेरो शहरमा सदाको कोलाहल नि छ
मेरो अनुहारको तेज सधैँ थियो र अझै छ
केवल मेरो एक्लोपना – मात्र एक्लै छ

जब घनघोर पानी पर्छ
अनि थाहा पाउँछु, मेरो घरको छानो छैन
जब म लडखडाएर ढल्न खोज्छु
अनि थाहा पाउँछु
आँगनको रूखमा समाउने हाँगो छैन
समाज त केवल सुशोभन न हो
त्यो स्थाई मलहम हुँदै होइन
शहरको कोलाहल सतह हो
त्यसमा पीडावोध छँदै छैन
मेरो अनुहारको तेज
श्मशान बाहिरको सुन्दर द्वार हो
मेरो अदृष्य एक्लोपन
जल्दो चिताको बिभत्स ज्वाला हो

म कसैलाई छुन खोज्छु, छुने मेरो कोही छैन
म कहिले रून खोज्छु, आँखा बिसाउने ठाऊँ छैन
मेरो ऐना, म हाँस्दा मात्र हाँस्छ
मेरो व्यथा, ऐनाले
न बुझ्न सक्छ, न पुछ्न सक्छ
मेरो माया पोख्ने घर कुन हो, मै’लाई थाहा छैन
मेरो छाया आफ्नै हो कि होइन, मै’ले चिन्या छैन

कहिले लाग्छ म पहाडको कन्दरामा
एक्लै-एक्लै दिन बिताऊँ
कहिले लाग्छ म नदीको सुस्केरामा
एक्लै-एक्लै रात कटाऊँ
म कन्दराबाट खस्दा या नदीमा बग्दा
कसलाई के नै फरक पर्ला ररु
केहीलाई केही दिनको आहत बाहेक
कसलाई के नै असर गर्ला ररु
मसँग हाँस्नेहरू हाँस्न छाडिसके
मसँग रूनेहरू रून छाडिसके
अब म गएर के हुन्छ, म रहेर के हुन्छरु
बारम्बार मनमा नआएको होइन
एक्लै-एक्लै म मनको अगुल्टोमा
धेरै पटक नजलेको होइन

के हो प्रेम, के हो भावना
के हो यौन, के हो चाहना
मैले सबै समाधिस्थ गरिसकेँ
के हो आलिङ्गनको अलङ्कार
के हो जिन्दगीको झङ्कार
मैले अनुभूत गर्न छाडिसकेँ
‘एक्लो(एनस्थेसिया’को असरले
म नितान्त निश्चेत बनिसकेँ

अरूले हेर्दा मसँग के छैनरु सबै(सबै छ
अरूले देख्नै नसक्ने
मेरो एक्लोपना – मात्र – मसँग एक्लै छ!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *