खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने
२८ असोज २०८१ १६:०९
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरो, डुबानजस्ता विपदबाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए ।
उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरी जलको पानी ल्याएर वितरण भइरहेको छ । राईले भने, ‘आयोजना मर्मतका लागि हामी संघिय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ ।’
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे ।
प्रतिक्रिया