
आईजीपी कुँवरले लगाई दिए प्रहरी कर्मचारीलाई दशैंको टीका र जमरा


प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बडादशैं, २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका लगाइ दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित कर्मचारीलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाई दिएका हुन् । उनले कर्मचारीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित कर्मचारीहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् । इच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।
टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवं प्रहरीका परिवारहरू समेतको उपस्थिति थियो । टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया