मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाई छ ।
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
२७ असोज २०८१ ११:५५
जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् ।
जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलोगरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल भन्छन्। हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड दिए ।
प्रतिक्रिया