यस्तो छ दसैंको टीकाका दिनसम्मको मौसम पूर्वानुमान

यस वर्ष दसैंमा पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) दसैं विशेष मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै दसैंको सप्तमी (२४ गते), अष्टमी-नवमी (२५ गते), र दशमी (२६ गते) का दिन कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अन्य भू–भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने देखिन्छ । साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर