
भारतको जम्मु-कस्मिरमा एक दशकपछि स्थानीय सरकार गठन हुँदै, कांग्रेस गठबन्धनलाई बहुमत


भारत प्रशासित कस्मिरका मतदाताले विगत एक दशकपछि पहिलोपटक मङ्गलबार आफ्नो सरकार चयन गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ अगस्ट ५ मा धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरको विशेष दर्जा हटाएर र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो ।
त्यसबेलादेखि, भारत र पाकिस्तानबीच विभाजित लगभग १ करोड २० लाख जनसङ्ख्या रहेको मुस्लिम बहुल क्षेत्रमा निर्वाचित स्थानीय सरकार छैन । यो नयाँ दिल्लीद्वारा नियुक्त गभर्नरद्वारा शासित रहेको छ ।
प्रधानमन्त्री मोदी तेस्रो कार्यकाल सत्तामा आएपछि गत जुनमा भएको राष्ट्रिय चुनावमा जम्मु–कस्मिरका मतदाताहरुले सहभागीता जनाएका थिए तर सन् २०१४ देखी यस क्षेत्रमा भएको यो पहिलो विधानसभा चुनाव हो ।
नेसनल कन्फरेन्स पार्टी ९एनसी० र काङ्ग्रेसको गठबन्धनलाई सरकार गठन गर्न बहुमन प्राप्त भएसँगै समर्थकहरुमा हर्सोल्लास छाएको छ । सत्तारुढ प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी ९भाजपा०ले भने कुल २७ मत प्राप्त गरेको छ ।
आज मध्यान्हसम्म एनसी र काङ्ग्रेसले विधानसभामा ९० मध्ये ४७ सिट जितेको निर्वाचन आयोगको तथ्याङ्कले बताएको थियो । कतिपयले यस निर्वाचनलाई जम्मु–कस्मिर क्षेत्रको विशेष दर्जा खारेज गर्ने सङ्घीय सरकारको निर्णयमाथि वास्तविक जनमतसंग्रह भएको बताएका छन् ।
‘नयाँ दिल्लीले जे गरेको छ त्यस विरुद्ध जनताले आफ्नो निर्णय दिएका छन्’, सामाजिक अभियान्ता इकबाल अहमद भटले भने ।
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
प्रतिक्रिया