काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण सुरु

काठमाडौं उपत्यकामा आजदेखि पुनःमेलम्चीको पानी वितरण गरिएको छ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनास्थलका स्थानीयसँगको १० बुँदे सहमतिपछि आजदेखि यहाँ पानी वितरण थालिएको हो ।

सोमबार बेलुका हेलम्बु पुगेका खानेपानी मन्त्री प्रदीप यादवले आन्दोलनमा उत्रेका स्थानीय ठेकेदार र स्थानीयहरूसँग सहमतिमा हस्ताक्षर गरेका थिए ।

दैनिक १७ करोड लिटर छाडिने तयारी सरकारले गरेको छ। अत्यधिक वर्षा भएपछि ११ असारदेखि मेलम्ची पानी काठमाडौँ पथान्तरण गर्न बन्द गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *