एक सरकारी कर्मचारीको भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा ‘पत्रकार’ पक्राउ

एक सरकारी कर्मचारीको भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीका प्रेस सल्लाहकार अश्विन दानीलाई प्रहरीले पक्राउ गरेको छ ।

आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले डर त्रास देखाई रकम माग गरेको आरोपमा गोरखा नगरपालिका ३ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १२ बस्ने दानीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार दानीलाई पीडितसँग लिएको रकम सहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो । उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको आचार्यले बताए ।

दानीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट चन्द्र बहादुर तामाङको जाहेरीले ठगी मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान भएको अभिलेखबाट देखिन आएको प्रहरी उपरीक्षक आचार्यको भनाई छ । दानी जनचासो अनलाइनका पत्रकार समेत रहेको बताइएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *