सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण

हालैको बाढीपहिरोबाट पीडित भएकाहरूको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु. दुई करोडको चेक हस्तान्तरण गरे ।

यसैगरी, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले रु. पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर