
अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने


एन.अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ ।
जुबिन नौटियालको कन्सर्ट १४ डिसेम्बर २०२४ मा हयात होटलको आँगजनमा हुनेछ । सन् २०२२ मा नौटियालले उत्कृष्ट पाश्र्व गायनका लागि आईफा अवार्ड पाईसकेका छन् ।
फाउण्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेशनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ । ‘हाम्रो मिशन भनेको अटिजम भएका व्यक्तिहरू सहित समावेशी समाज सिर्जना गर्नु हो । अटिजम भएका व्यक्तिले अटिजम सहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु हाम्रो उदेश्य हो,’ श्रेष्ठले भनिन् ।
श्रेष्ठ पनि अटिजम ग्रस्त बालककी आमा हुन् । उनको चार वर्षको छोरालाई अटिजम छ । उनको छोरालाई १८ महिनाको उमेरमा अटिजम देखा परेको थियो ।
प्रतिक्रिया