
३७ अंकले बढ्यो नेप्से, सात अर्बको कारोबार


आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३७ दशलमव १३ अंकले बढेर २,६९० को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ कम्पनीको मूल्य घटेको छ ।
आज ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सको २६ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ६८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया फ्लेक्सी क्याप फन्डका इकाईधनीले ८ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया