
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाको मृत्यु


फाइल फोटो
हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् । तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।
यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत सामग्री वितरण जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।
प्रतिक्रिया