गलत विवरण पेस गरी बिमा दाबी, चिकित्सकको पनि संलग्नता

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध अस्पतालले गलत विवरण पेस गरी स्वास्थ्य बिमा बोर्डसँग दाबी भुक्तानी लिने गरेको आरोप लागेको छ । बोर्डले यस्तो कार्यमा चिकित्सककै संलग्नता रहने गरेको आरोप लगाएको हो ।

बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर बसौलाले गलत विवरण प्रस्तुत गरेर बिमा रकम असुल गर्ने कार्यमा चिकित्सकको संलग्नता हुने गरेको आरोप लगाए । उनले अस्पतालले गलत प्रमाणपत्र बनाएर दाबीविरोध गर्नै मिल्दैन भन्दै गलत दाबी गर्नमा महत्वपूर्ण हात चिकित्सकको हुने बताए । उनले त्यस्ता चिकित्सकलाई बोर्डले कारबाही गर्न नसक्ने भएकाले गलत विवरण पेस गर्ने अस्पतालको सङ्ख्या बढिरहेको समेत बताए ।

बिमा बोर्डले चिकित्सकलाई कारबाही गर्न सक्दैन, प्राडा बसौलाले भने,फेक डकुमेन्ट बनाउने तथा दोहोरो रकम असुल्नमा संलग्न चिकित्सकलाई कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमार्फत मेडिकल काउन्सिललाई आग्रह गरेका छौँ । त्यस्ता चिकित्सकलाई कारबाही गर्ने निकाय मेडिकल काउन्सिल हो, कार्यकारी निर्देशक डा।बसौलाले भन्नुभयो, “यस्ता चिकित्सकलाई कारबाहीका लागि मेडिकल काउन्सिलसँग सहकार्य गर्ने तयारी भइरहेको छ ।

बिमा बोर्डका सूचना अधिकारी विकेश मल्लले निजी अस्पतालमा मात्र नभएर सरकारी अस्पतालले समेत फेक डकुमेन्ट प्रस्तुत गरेर दाबी भुक्तानी गर्ने गरेको जानकारी दिए । उनले उनीहरूले गलत विवरण पेस गरे पनि बोर्डमा कुनै जानकारी नहुने भन्दै पछिल्लो समय अनुगमन समितिले त्यस्ता अस्पतालमा गएर छानबिन गर्ने गरेको बताए । उनले बोर्डको एक टोली देशभरका अस्पतालमा अनुगमनका लागि क्रियाशील रहेकाले गलत विवरण पेस गर्ने त्यस्ता अस्पताललाई तत्काल कारबाही गरिने जानकारी दिए ।

यता नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा। अनिल विक्रम कार्कीले स्वास्थ्य बिमामा गलत गर्ने काम चिकित्सकको नभई अस्पताल सञ्चालकको रहेको दाबी गरे । उनले कतिपय प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर नहुने, भएका केन्द्रमा पनि उपचार हुन नसकेपछि एउटा छाप लगाएर रिफर गर्ने गरिएको जानकारी दिए । उनले अस्पताल सञ्चालकमाथि कारबाही गर्न नसकेपछि चिकित्सकको गल्ती देखाउन बोर्ड लागिपरेको आरोप लगाए । उनले स्वास्थ्य बिमामार्फत बिरामी परीक्षण गरेको शुल्क ५० रुपियाँ मात्र तोकिएको र यो रकम अति कम भएकाले पनि समस्या आएको गुनासो गरे ।

बिमा बोर्डका कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बिमामा आबद्ध अस्पतालले बिरामी र स्वास्थ्य बिमा बोर्डसँग दोहोरो रकम असुल्ने, गलत विवरण प्रस्तुत गर्ने, बिमामार्फत उपचार सेवा लिन आउने सेवाग्राहीसँग उपचार सुविधा समावेश भए पनि नभएको भन्दै रकम असुल गर्ने, चिकित्सकीय परामर्श तथा शल्यक्रियाबापत छुट्टै रकम असुल गर्ने जस्ता कार्य गरेपछि बिमा बोर्डले त्यस्ता अस्पतालको निगरानीका लागि छुट्टै अनुगमन समिति गठन गरेको जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर