नारायणघाटमा रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने चार जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले सहकारीपीडित अब्दुल मिया अन्सारीसहित चार जनालाई पक्राउ गरेको छ ।

चितवन-२ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछाने शनिबार चितवनवासीसँग भेटघाट कार्यक्रमका लागि नारायणघाटस्थित नारायणी कला मन्दिरमा पुगेका थिए ।

त्यही कार्यक्रमका बीच सहकारीपीडितहरूले विरोध प्रदर्शन गरेका थिए । हलभित्र कार्यक्रम चलिरहेका बेला बाहिर सहारा वहुउद्देश्य सहकारी र सनराइज बचत तथा ऋण सहकारीका बचतकर्ताहरूले विरोध प्रदर्शन गरिरहेका थिए ।

त्यही क्रममा प्रहरीले बचतकर्ता अब्दुल मिया अन्सारीसहित चार जनालाई पक्राउ गरेको हो । पीडितहरूका तर्फबाट शान्तिपूर्ण विरोधसहित ज्ञापनपत्र बुझाउन जाँदा आफूहरूमाथि रास्वपाका कार्यकर्ताले ढुंगा प्रहार गरेको सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए ।

सभापति लामिछानेविरुद्ध शुक्रबार दिउँसो मुग्लिन बजारमा समेत विरोध प्रदर्शन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर