दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता-चप्पल खपत हुन्छ : व्यवसायी

आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता-चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ । नेपाली जुत्ता-चप्पल उद्योगले आयात प्रतिस्थापन गरेको छ । नेपाली जुत्ता-चप्पल उद्योगसँग वार्षिक करिव १६ करोड जोडी जुत्ता-चप्पल उत्पादन गर्ने क्षमता छ ।

नेपाली बजारमा उपभोक्ताको वार्षिक जुत्ता-चप्पलको माग १० करोड रहेको छ । १० करोड जोडी जुत्ता-चप्पल माग रहेकोमा नेपाली उद्योगहरुले ८० प्रतिशत हिस्सा ओगटेको छ । पछिल्लो समय नेपाली बजारमा जुत्ता-चप्पलको माग वृद्धि हुँदै गएको छ । आगामी वर्षसम्म यो माग बढेर वार्षिक ११ करोड जोर पुग्ने देखिए पनि भएका उद्योगहरु क्षमताअनुसार चल्न सकेका छैनन् ।

अब स्वदेशी उद्योगहरू मुलुकमा रहेको जुत्ता-चप्पलको माग धान्दै निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्थामा पुगेका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उद्योगीहरुले अहिले बजारको मागलाई पूरा गरी विदेश निर्यात गर्ने सोचमा रहेको बताए । उनले उद्योगी व्यवसायीहरुले नेपाली जुत्ता-चप्पललाई गुणस्तरीय र आवश्यकताअनुसार उत्पादन गरी विकास गर्दै लगेको बताए ।

उनले नेपाली बजारको करिव ५०-६० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको बताए । उनले अहिले नेपाली जुत्ता विदेशी ब्राण्डसँग प्रतिष्पर्धा गर्न सक्षम भएको उल्लेख गरे । उनले नेपाली उपभोक्तामा नेपाली जुत्तामा विश्वास गरी प्रयोग गर्ने क्रम बढेको बताए । उनले सबै नेपालीहरुले स्वदेशी उत्पादनलाई माया गरेकाले जुत्ता-चप्पल उद्योग आत्मनिर्भरको अवस्थामा पुगेको बताए । फुटवेयरमा फेसनवाला समान बेच्ने भएकाले दशैँ बजारको मुख्य हिस्सा रहेको उनको भनाई छ ।

उनले वार्षिक रुपमा विक्री हुने जुत्ताचप्पलमध्ये दशैँको समयमा ४० प्रतिशत र अन्य समयमा ६० प्रतिशत रहेको बताए । उनले देशभर आएको बाढी पहिरोको कारण दशैँको लागि जुत्ता किन्ने उपभोक्ताहरुमा कमी देखिएको बताए । उनले अन्य क्षेत्र भन्दा जुत्ताचप्पल व्यवसायको क्षेत्रमा सुधार देखिएको बताए । फुटवेयर क्षेत्रको ठूलो समस्या चोरी पैठारी रहेको भन्दै उनले भारतका नाकाबाट हुने चोरी पैठारी सरकारले तत्काल रोक्न आवश्यक रहेको बताए ।

उनले बाढी, पहिरोको कारण सडकहरु बन्द भएकाले चोरी पैठारी बढ्ने देखिएकोे बताए । उनले जुत्ता,चप्पल उद्योग पनि सिमेन्ट उद्योग जस्तै हुने हो की भन्ने चिन्ता व्यवसायीहरुमा रहेको बताऐ । गुणस्तरी र पर्याप्त फेसन सहितका जुत्ता दिन व्यवसायीहरु तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *