प्रहरी निरीक्षक बिनु शाही निलम्बित

गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको स्रोतले जानकारी दिएको छ।

शाहीमाथि प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुखको रूपमा कार्यरत रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको आरोप लागेको छ।

उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो। सो घटनामा उनको संलग्नता रहेको आशंकामा ललितपुर प्रहरीले छानबिन अघि बढाएको थियो। ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।

समितिको प्रारम्भिक अनुसन्धानबाट शाहीको भूमिका शंकास्पद देखिएपछि उनलाई निलम्बनका लागि सिफारिस गरिएको थियो। गृह मन्त्रालयले सो सिफारिसलाई आधार मानेर निलम्बनको निर्णय गरेको हो। निलम्बनपछि अब शाहीमाथि विस्तृत छानबिन हुने बताइएको छ। छानबिन समितिको अन्तिम प्रतिवेदनपछि मात्र उनको भविष्यबारे थप निर्णय गरिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर