धर्मेन्द्र झाको अनुसन्धानात्मक कृति मिथिला मिथक प्रकाशित

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको अनुसन्धानात्मक कृति मिथिला मिथक प्रकाशित भएको छ । साहित्यमा  धर्मेन्द्र विह्वलका नामले स्थापित उनको यो कृति मैथिली भाषामा प्रकाशित भएको हो ।

उनको नयाँ कृतिमा मुख्यतया नेपालको मैथिलीभाषी समाजमा किंवदन्ती र विश्वासका रूपमा जीवित मान्यताहरू संकलन गरी प्रस्तुत गरिएको छ । मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देव–देवी र पोखरी तथा जनश्रुति तथा जनविश्वास गरी छ अध्यायमा विभाजित पुस्तकमा १११ वटा मिथक संकलित छन् ।

लेखकका अनुसार यो अध्ययन प्रारम्भ मात्र हो, अन्त्य होइन । उनी भन्छन्, ‘मिथिला क्षेत्रमा विश्वासका रूपमा यस्ता थुप्रै सन्दर्भ छन् जसको खोजी र अध्ययन हुनु जरुरी छ ।’ कुल ११२ पृष्ठको यो पुस्तक मुन्नीकुमारी मिश्रले प्रकाशित गरेकी हुन् ।

झाले केही महिनाअघि मात्रै शहरक भीडमे एसगर हम नामक प्रयोगवादी मैथिली कवितासंग्रह पाठकमाझ पस्केका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *