डिजिटल लाइसेन्स नियमनको लागि ट्राफिक प्रहरीलाई १०४ वटा स्मार्टफोन हस्तान्तरण

सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र पौडेलले १०४ वटा मोबाइल फोन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सबै प्रदेशहरूले सवारी चालक अनुमति पत्र छापेर दिने काम सुरु भइसकेको बताए । उनले देश संघीयतामा गएको उल्लेख गर्दै डिजिटलाइजेशन गर्ने क्रममा पछि पर्न नहुने बताए । उनले सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय र नागरिक एपसँग जोडिएको बताए ।

उनले लाइसेन्स लिन लामबद्ध हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उनले भने ‘देश संघीयतामा गइसकेको छ, डिजिटलाइजेशन गर्ने क्रममा हामी पनि प्रयासरत छौँ । कतिपय कुराहरू आउने क्रममा छ, कतिपय कुराहरू एक्सरसाइजकै क्रममा पनि छ । यातायात क्षेत्र प्रदेशको एक्लो अधिकार क्षेत्र रहेकाले सबै प्रदेशहरूले सवारी चालक अनुमति पत्र छापेर दिने काम हामीले सुरु गरिसकेका छौँ । लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रसँग जोडिरहेका छौँ, नागरिक एपसँग जोडेका छौँ । लाइसेन्स लिन लामबद्ध हुनुपर्ने अवस्था जुन छ, त्यसलाई हामीले चिर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बढ्दो जनघनत्व र सहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तीव्र वृद्धि नै सडक दुर्घटनाको कारक तत्त्व रहेको बताए । उनले आर्थिक वर्ष २०८०/०८१ सम्म काठमाडौँ उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको बताए ।

उनले उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेको बताए ।

उनले भने ‘नेपालका परिप्रेक्ष्यमा बढ्दो जनघनत्व र सहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तीव्र वृद्धिका साथसाथै मानवीय र वातावरणीय र यान्त्रिकमध्ये कुनै एक वा धेरैको संयोग नै सडक दुर्घटनाको कारक तत्वको रुपमा रहेका देखिन्छ । जसमा उपत्यका अग्रणी स्थानमा रहेको छ । आर्थिक वर्ष २०८०/०८१ सम्म काठमाडौँ उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको तथ्यांक भएको देखिन्छ । उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेका छन् । सवारी साधन र जनसंख्याको अनुपात हेर्दा १ ट्राफिक प्रहरी बराबर १ हजार २५ वटा सवारी साधन जिम्मेवारीमा परेको देखिन्छ । हामी मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेका छौँ ।’

मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *