साइकल यात्रीको मृत्यु भएपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा गरेका छन् ।

शुक्रवार स्थानीयले विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

बिहीबार बेलुका विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीयले तीव्र गतिका कारण दुर्घटना भएको भन्दै आज भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

ट्रक चालकको लापरबाहीले गर्दा उक्त दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न नमानेको उनले बताए । उनले स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको जानकारी दिए ।

उनले ढुंगामुढाबाट भन्सारको गेट र भवनमा सामान्य क्षति पुगेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर