त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

शुक्रवार बिहान एयरपोर्ट भएको उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उडडयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका संवद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराएका हुन् ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशबाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि संवद्ध पक्षलाई ध्यानाकर्षण गराए ।

उनले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताए ।

उनले यात्रुहरुलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गरे । विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका संकेतहरु देखिनुपर्ने मन्त्री पाण्डेको भनाई थियो ।

मन्त्री पाण्डेले सरकारले हवाई उड्डयनको क्षेत्रमा धेरै काम गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर