नामको मात्रै बजार अनुगमन

चाडपर्व नजिकिँदै गर्दा बजारमा म्याद नाघेका खाद्यवस्तु बिक्री हुने र कृत्रिम अभाव देखाई कालोबजारीसमेत हुने भन्दै बजार अनुगमन गरिन्छ तर अनुगमन गरे पनि कारबाही गरेको पाइँदैन ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मी र जिल्ला प्रशासन कार्यालय गुल्मीले चाडपर्वलक्षित जिल्लाका करिब चार सय पसलमा अनुगमन गरेको छ । अनुगमनमा मापदण्डविपरीत चलेका पसललाई सुधार गर्न भन्दै सचेत गराउने र दोस्रो पटक अनुगमनमा आउँदा सुधार नभए कारबाही गर्ने भन्दै चेतावनी दिइन्छ । चाडपर्व सकिएपछि पुनः अनुगमनमा पनि नजाने, सुधार भए/नभएकोबारे जानकारी नलिँदा झारा टार्ने र देखावटी मात्रैको अनुगमन गर्दै आएको पुष्टि भएको उपभोक्तावादी बताउँछन् ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले चाडपर्वलक्षित अनुगमन कर्मकाण्डी मात्रै भएको बताए । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अहिले सुधार गर्नका लागि दिइएको सुझाव अनुसार सुधार नभएमा कारबाही नै हुने बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *