दशैँ अगाडी विपी राजमार्ग खुल्दैन : भौतिक मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दसैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिएका हुन्।

उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडी विपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे। यद्यपी खुलाउने प्रयास भने जारी राखिने उनको भनाई छ। खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे।

उनले भने, ‘विपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडी त्यो खुल्ने सम्भावना छैन। हामी त्यो निस्कर्षमा पुग्यौँ। काम निरन्तर गर्छौ किनभने त्यहाँ गाडीहरु रहेका छन्। गाडीका स्टाफहरु गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडी अड्किएका गाडीहरु ल्याउने प्रयास गर्छौ। त्यो उद्धार मात्रै हुन्छ । सार्वजनिक गाडी छोड्नेगरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ। धेरै ठाउँमा बिग्रिएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर