सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेसमा ५० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालि (पर्सा, चितवन)बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले विशेष गरी सिद्धार्थ जेन जेट खाता भएका ग्राहकहरूले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि मा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर