तारकेश्वर नगरपालिकाका अमिन घूससहित पक्राउ

तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौलागाई घुसको २० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार चौंलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा आयोगको टोली खटिएको थियो । टोलीले उनको साथबाट स्रोत नखुलेको ३४ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

उनलाई तारकेश्वर नगरपालिका-६ धर्मस्थलीबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर