
११४ अंकले बढ्यो नेप्से, कारोबार कति ?


नेप्सेमा आज ११४ अंकको वृद्धि भएको छ । मंगलबार सेयर बार नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।
आज ३०७ कम्पनिको कारोबार हुँदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद-बिक्री भएको छ ।
नेप्सेका अनुसार आज १८ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २८ करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया