
वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी


वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् ।
चाइनिज एकेडेमी अफ साइन्सेस (सीएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको अधिकतम मोटाई भएको बरफ क्षेत्र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सोनी काउन्टीको पुरोग काङ्गरी ग्लेशियरको हिस्सा हो ।
ग्लेशियरहरूले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी समावेश गर्दछन् । यसअघि वैज्ञानिकहरूले गुलियाबाट तीन सय आठ दशमलव छ मिटरको बरफको कोर ड्रिल गरेका थिए । यो सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको थियो ।
वैज्ञानिकहरूले हाल पुरोग काङ्गरी ग्लेशियरबाट बरफको कोर निकालिरहेका छन् । उनीहरूले यो पुरानो बरफ रहेको विश्वास गरेका छन् ।
‘वर्तमानमा विश्वभरका हिमनदीहरू पग्लिँदै गएका छन् । एक पटक तिनीहरू पग्लिएपछि तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउनेछन्’, सीएएसका विदेशी शिक्षाविद् र अमेरिकन एकेडेमी अफ साइन्सेसका सदस्य लोनी थम्पसनले भने, ‘त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकाल्नु र संरक्षण गर्नु महत्त्वपूर्ण छ ।’
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया