सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धार, राहत र पुनर्निर्माणको कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने बताएका छन् ।

सोमवार संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिएर सोमवार अपरान्ह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफ्नो बुँताअनुसार उद्धार र राहतको काम गरेको उल्लेख गर्दै त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतको काम गर्दागर्दै पनि विरोधका लागि विरोध गर्ने परिपार्टी राम्रो नभएको पनि बताए । उनले विपद् जस्तो संवेदनशील बेलामा सबैले मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुने बताए । आफूले बाहिर बसेर पनि सो विपद्को सामना गर्नका लागि सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिने काम गरेको र सरकारले पनि सोही अनुसार काम गरेको प्रधानमन्त्री ओलीको दाबी थियो । बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा सरकारले तत्काल मिटिङ बसेर उद्धार र राहतका लागि सेना, प्रहरी परिचालन गरेको पनि स्मरण समेत उनले गराए ।

प्रधानमन्त्री ओलीले भने, ‘बिरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास तत्काल मिटिङहरु बसेर तत्काल सेना, प्रहरी खटेर उद्धार कार्यहरु गरेको छ । अब बाढी आउने कुरालाई त रोक्न सकिँदैन्थ्यो । उद्धार गर्ने कुरा हो, राहत पु¥याउने कुरा हो । र पहिरो जाने कुरा पनि पूर्वसूचना गरेर जाँदैन । पहिरो गएपछि क्षति पु¥याउने नै भयो । त्यसमा सरकारले तदारुपताका साथ उद्धार कार्य र राहत कार्य पु¥याउने हो । त्यो काम पु¥याएको छ भन्ने मलाई लाग्छ । मैले बाहिरै हुँदाखेरी पनि यस विषयमा जानकारी लिइराखेको छु । र आफ्नो मातहतका साथीभाईहरुलाई पनि, निकायहरुलाई पनि निर्देश गरिराखेको छु । र, मैले पाएको जानकारी अनुसार सरकारले आफ्नो बुता अनुसार गरेको छ । अब विरोधका लागि विरोध गर्ने परिपार्टी होइन, यस्तो संवेदनशील बेलामा हामीले सबै मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुन्छ नकि बिरोध गर्नका लागि बिरोध गर्ने खालको जस्तो स्थिति त्यो राम्रो हुँदैन भन्ने लाग्छ मलाई । अब अझ प्रभावकारी ढंगले उद्धारका कामहरु, राहतका कामहरु, पुनर्निर्माणका कामहरु अगाडि बढ्छन् ।’

प्रधानमन्त्री ओलीले आफूले महासभामा भाग लिने क्रममा भारतीय समकक्षी मोदीसँग भेटेको र द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको पनि बताए । त्यसैगरी जलवायु परिवर्तन लगायतका विश्वस्तरीय समस्या विश्वका सबै राष्ट्रहरु मिलेर समाधान गर्नुपर्ने कुरा पनि राखेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले जलवायु परिवर्तनको असर निम्त्याउने राष्ट्रहरुले क्षतिपूर्तिका लागि बढी लगानी गर्नुपर्ने कुरालाई पनि आफूले सो महासभामा जोड दिएको राखेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा विचारहरु, हाम्रा समस्याहरु त्यहाँ राख्न गएको हो । राखियो । त्यसै गरेर अब यी समस्याहरु एउटा देशका मात्रै समस्या होइनन् । यी ग्लोवल समस्या भएकाले सबै मिलेर समाधान गर्नुपर्छ भन्नेकुरा भयो । त्यसरी नै अल्पविकसित देशहरुले बढी भोग्नुपरेको क्षति र मार जुन छ । यो क्षति पु¥याउने कुरामा, यो परिस्थिति ल्याउने कुरामा त्यति हात नभएपनि बढी मार सहनुपरेको छ । त्यसमा अलि बढी विश्व समुदायको ध्यान जानुपर्छ । र जसले बढी बिगारेको छ, उसले क्षतिपूर्ति व्यहोर्नुपर्छ । र जसले बिगारेको छ, त्यसले सपार्ने काममा पनि बढी लगानी गर्नुपर्छ भन्ने कुराहरु पनि राखिएको छ । ’

त्यस अवसरमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले प्रधानमन्त्री ओलीले महासभामा भाग लिने क्रममा गर्नुभएको राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको भेटलगायतका विषयमा जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *