बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २०४ पुग्‍यो, २८ बेपत्ता

बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ।

सशस्त्र प्रहरीका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन्। ८९ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर