यन्त्र उपकरणसहित उद्धार कार्यमा जुट्न निर्माण व्यवसायी महासंघको अपिल

नेपाल निर्माण व्यवसायी महासंघले विपद्बाट नागरिकलाई बचाउने काममा लाग्न अपिल गरेको छ ।

केही दिन यता अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा जुट्न आह्वान गरेको हो । आईतवार महासंघका महासचिव रोशन दाहालले महासंघको तर्फबाट प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

उनले तत्काल घाइतेको उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारसँग माग गरे । बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारणसहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू÷व्यवसायीहरूलाई यथाशिघ्र राहत उपलब्ध गराउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । साथै विपद्को घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न निर्माण व्यवसायीहरूलाई अपिल गरेको छ । पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष आग्रह गर्दै महासंघले सरकारको उद्धार तथा राहत अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै व्यवसायीलाई अनुरोध गरेको छ ।

महासंघले बाढी पहिरोको चपेटामा परेका देशभरका निर्माण व्यवसायीहरूलाई क्षतिको विवरण महासंघ सचिवालयमा उपलब्ध गराउन पनि अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर