बाढीपहिरो प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क डेटा

एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकलाई निःशुल्क डेटा उपलब्ध गराइरहेकेको जनाएको छ । भारी वर्षाका कारण सिर्जना भएको कठिन परिस्थितिलाई ध्यानमा राख्दै शनिबार बिहानैदेखि यो सुविधा उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ।

‘यस पहलले हाम्रा ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्त्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्‍याउने उद्देश्य लिइएको थियो,’ एनसेलले जारी सूचनामा भनेको छ ।

कम्पनीले निःशुल्क डेटा उपलब्ध गराउनुका साथै हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘विपद्को समयमा हामी एनसेल तपाईंको साथमा छौं र आवश्यक सहयोग गर्न प्रतिवद्ध छौं,’ एनसेलले जारी सूचनामा भनेको छ, ‘हामी राहत तथा पुनरुत्थान कार्यका लागि आवश्यक सहयोग गर्न पनि प्रतिबद्ध छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *