झ्याप्लेखोलामा पुरिएका १४ जना बुटवलका, ९ जनाको सनाखत

बुटवलबाट काठमाडौँ जाँदै गर्दा धादिङको झ्याप्लेखोलामा पुरिएको गाडीमा रहेका ९ जना यात्रुको परिचय खुलेको छ। शुक्रबार बिहान बुटवलबाट काठमाडौँतर्फ गएको लु१ज ४५७८ नम्बरको विंगरसँगै १४ जना यात्रु पुरिएका थिए।

विंगर गाडीका चालक रमेश लुइटेल, स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षका दीपेश र दीपिका भट्टराई तथा उनीहरुकी आमा सीता भटराईको नाम खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी विंगर पुरिएर निधन हुनेमा  बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

नागढुंगा प्रहरी प्रभागका अनुसार मृतकहरूको पहिचान खुल्न नसकेको र उनीहरूको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। गाडीमा हरारइहेकाहरूका आफन्त सम्पर्कमा आउने क्रममा रहेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ट्राफिक चोकबाट दुई समूहका गरी सातजनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन्।

पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो। प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान उक्त जिपमा काठमाडौँ जानका लागि बुटवलको टाफिकचोकमा रहेको काउन्टरबाट सातजना र राजमार्ग चौराहबाट टिकट लिएर तीनजना चढेका थिए।

यात्रुहरुले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा चार जनाको मात्रै नाम उल्लेख गरिएको छ। तीमध्ये, बोम, कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ। पहिरोमा गाडी शुक्रबार साँझ पुरिएको भए पनि शनिबार साँझ मात्रै फेला परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *