प्रधानसेनापतिले लिए लेबनान र सिरियाका शान्ति सैनिकको अवस्थाको जानकारी

प्रधानसेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् ।

छलफल तथा अन्तर्क्रियाको क्रममा युएन मिसनका फोर्स कमान्डर, युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर र सिनियर नेशनल अधिकृतहरूले विशेष गरी लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमहरूको बारेमा प्रधान सेनापतिलाई जानकारी गराएका थिए ।

सोही क्रममा प्रधान सेनापतिले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए । उनले प्रतिकुल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे ।

हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर