सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली पक्राउ

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । सहकारी बचतकर्ताको रकम अपचलन गरी लामो समयदेखि फरार रहेका उनी शुक्रबार पक्राउ परेका हुन् ।

उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

उनि बागलुङमा सञ्चालित इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीमाथि बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर