बाढी र पहिरोको जोखिम रहेकाले आज र भोलि रात्रिकालीन बस नचल्ने

हिमाली र पहाडी जिल्लामा आज र भोलि रातिको समयमा बस नचल्ने भएको छ। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यातायात व्यवसायीलाई आज र भोलि भारी वर्षा हुने भएकाले निम्तिन सक्ने जोखिमलाई ध्यानमा राखी बस नचलाउन आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभागले लगातार चार दिन भारी वर्षाको पूर्वानुमान गरेपछि प्राधिकरणले एक सूचना जारी गर्दै वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा रात्रीकालिन बस नचलाउन भनेको हो।

कोशीका ११, मधेशका ३, बागमतीका १२, गण्डकीका १०, लुम्बिनीका १२, कर्णालीका ६ र सुदूरपश्चिम प्रदेशका ३ जिल्ला भारी वर्षाको उच्च जोखिममा रहेका छन्। यीमध्ये हिमाली र पहाडी जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले गाडी नचलाउन प्राधिकरणले भनेको हो।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर