पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फका पूर्वसांसद ढाका कुमार श्रेष्ठ थुनामुक्त भएका छन् । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका श्रेष्ठ धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत कास्कीले श्रेष्ठलाई ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

बुधबार न्यायाधीश भोलानाथ ढकालको एकल इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको थियाे। जसपश्चात् उनी धरौटी बुझाएर रिहा भएका हुन् ।

यसअघि, श्रेष्ठले मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अभिव्यक्ति दिएका थिए । त्यसपछि,  रास्वपाले श्रेष्ठलाई सांसदबाट निस्कासन गरेकाे थियो ।

गत भदौ २७ गते, जिल्ला प्रहरी कास्कीले पाेखराकाे पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेका पुर्वसासंद श्रेष्ठलाई पक्राउ गरेका थिए । प्रतिबन्धित औषधि टापेटाडोलकाे कारोबार गरेकाे आरोपमा उनलाई नियन्त्रणमा लिइएकाे थियो । लागुऔषधसँग नै पक्राउ परेका एक युवकले श्रेष्ठकाे फार्मेसीबाट उक्त औषधि लिएकाे बयान दिएका थिए । जसका आधारमा श्रेष्ठलाई पक्राउ गरिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *