नागरिकको सुरक्षानै पहिलो प्राथमिकतामा राखेर काम गर्न डीआईजी आचार्यको निर्देशन

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।

प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक जिल्लातर्फ निक्लेका डीआईजी आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन निरीक्षणपछि जिल्लाका सम्पूर्ण यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् । प्रहरी संगठनले अंगिकार गरेका नीति , कार्ययोजना तथा प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन उनले निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठाको भेटीलेटर फोडेर थुनुवाहरु फरार भएको घटना स्मरण गर्दै डिआईजी आचार्यले हिरासतको अवस्था थुनुवाहरुको सुरक्षा लाई बिशेष प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर