दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत आइतबार भक्तपुर स्थित उनकै घरबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा प्रहरीले पक्राउ गरेको हो । यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *