राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१÷७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ । पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

उनले परिवर्तन गर्न खोजेको कुराहरू अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताए । उनले उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताए । उनले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरू बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताए ।

उनले ४९६ वस्तुहरूको मूल्य संकलन गरिने भएपनि अहिले ५२५ पुर्याइएको बताए । उनले ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयाअनुकलका मूल्यहरूलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको बताए । उनले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गर्नेगरी उपभोक्ता मूल्य सूचकांक बनेको बताए ।

उनले बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्दर्भमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकांक निकालिने हुँदा त्यस्तो देखिएको बताए ।

उनले भने ‘परिवर्तन गर्न खोजेको कुराहरू अहिल्यै पनि पूर्ण हुँदैन । हामीले यो परिपूर्ण भन्ने खोज्यौँ भने हामी सही हुँदैनौ । परिवर्तन भन्ने कुरा निरन्तरको प्रक्रिया हो । हामी त्यही डाइरेक्सनमा जाँदै छौँ । केही तल माथि छन् भने भोलिको दिनमा सच्याउने छौँ । उपभोक्ता मूल्य सूचकांक’को सन्दर्भमा मार्केट सेन्टरहरू बढेर गएका छन् । ५० जिल्ला मात्रै कभर भएकोमा अहिले ७७ जिल्ला कभर भएका छन् । बस्तुको सन्दर्भमा ४९६ वस्तुहरू अहिले ५२५ पुगेको छ । २९ वटा मात्रै वस्तु बढेको देखिए पनि बढेको वस्तु १३५ हो । १०६ वस्तुहरू हटाएका छौँ । उपभोक्तामा उपभोगमा भएको परिवर्तनलाई सम्बोधन गर्न खोजिएको छ । समयाअनुकलका मूल्यहरूलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको छ । उपभोक्तामा उपभोगमा भएको परिवर्तन र बजारमा भएका वस्तुहरूलाई रिप्रिजिटेशन गर्ने गरी उपभोक्ता मूल्य सूचकांक’ बनेको छ । बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्यसँग मिल्दैन भन्ने प्रश्न जुन छ । एउटा मात्रै वस्तुको मूल्य १० रुपैयाँले बढ्यो र अन्य कुनैपनि वस्तुको मूल्य परिवर्तन भएन मसिनो चामलको मात्रै एक वर्षमा १० मूल्य बढ्यो भने समग्र सूचकांकमा १ प्रतिशत भन्दा तल बढ्यो । तर बजारमा प्रश्न आउन सक्छ । यो विषयमा सञ्चारमाध्यमले बुझाउन सक्नुपर्छ । यो परिवर्तनसँगै विगतको भन्दा वास्तविकता हुनेछ ।’

संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अङ्कसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिने गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर