प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
९ असोज २०८१ ६:५६
प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सामोआका प्रधानमन्त्री नाओमीबीच राष्ट्रसंघका लागि सामोआको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।
प्रतिक्रिया