कार्यवाहक प्रधानमन्त्री र सचिव गेलालबीच कार्य सम्पादन सम्झौता

कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ ।

मंगलवार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबहाक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो ।

त्यस अवसरमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरु समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्य सम्पादन सम्झौता गरेको बताए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धताहरुसहितको कार्य सम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरे ।

उनले भने– ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग कार्य सम्पादन सम्झौता भएको थियो । त्यही निर्णय अनुसार अब मन्त्रालय, मन्त्रालयमा पनि सम्बन्धित मन्त्री र सचिवबीच पनि यो कार्य सम्पादन सम्झौता गर्नुपर्ने भएकाले कारणले त्यही प्रोग्राम अन्तर्गत हामीले आजको दिनमा यो कार्य सम्पादनमा श्रीमान सचिवज्यु र मेरो बीचमा जुन सम्झौता भएको छ । त्यसको खास गरेर यो आधार सम्माननीय प्रधानमन्त्रीज्युसँग यो मन्त्रालयको नेतृत्व सम्हालीरहेको मैले कार्य सम्पादनमा हस्ताक्षर गरेको थिएँ । ती कमिटमेन्टलाई मन्त्रालयभित्र पनि गर्नुपर्ने भएकाले सबै कार्यहरु समयमा हुने र कार्य सम्पादनमा कुनै बाधा अडचन नआउनेगरी सबैमा सेवा पु¥याउने गरी र प्रोग्राम, प्रोजेक्टहरु, कामहरु जुन छ, त्यो समयमा नै सम्पन्न हुनेगरी सम्झौतामा उल्लेख भएको कुराहरु अक्षरशः पालना हुन्छ भन्ने विश्वास लिएको छु । यो कार्य सम्पादनमा हामीले जुन हस्ताक्षर गरेका छौं । आउँदा दिनहरुमा तपाईले त्यसलाई प्रभावकारी तवरले त्यसलाई कार्यान्वयनमा विशेष ध्यान दिनु हुनेनै छ भन्ने विश्वास छ ।’

सम्झौंतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भाद्र २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *