श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका हुन् ।

संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिएको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उत्तीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो । तर भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए ।

१४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये अष्ट्रेलियाका लागि सिफारिस कान्ता भट्टराईको नाम सरकारले सुनुवाइ समितिमा नै पठाएन । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *