त्रिशूली थ्री बी सबस्टेसनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारणलाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उक्त सबस्टेसनको आज स्थलगत निरीक्षण गर्दै उनले प्रसारणलाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री खड्काले प्रसारणलाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठुलो घाटा व्यहोर्नुपरेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए। ‘सबस्टेसन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेसनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारणलाइन चाँडो सम्पन्न गर्ने गरी काम गर्नुहोस्,’ ऊर्जामन्त्री खड्काले भने ।

त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेसनमा जोड्ने प्रसारणलाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ । यसैबिच, आजै मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

ऊर्जामन्त्री खड्कासँगै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, सोही मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर