प्रधानसेनापति सिग्देल र फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटघाट

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबिच शिष्टाचार भेटघाट भएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा सोमबार सिग्देल र कर्टेभलबीच भेटघाट भएको हो ।

त्यस्तै, आजै प्रधान सेनापति सिग्देलले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीसंग पनि भेटघाट गरेका थिए ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटहरूमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले नेपालको उक्त देशहरू बिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर