एनएमबि खेति कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

एनएमबि बैंक लिमिटेड, डिभी एक्सेल्स प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबीच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई ‘एनएमबि खेती कर्जा’ प्रवाह गर्ने त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा बैंकका लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेल्सका सह–संस्थापक न्युराज कार्की र गाउँपालिकाका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।

पूर्ण रूपमा डिजिटल कर्जा प्रदान गर्न बैंकले एनएमबि खेती कर्जा प्रदान गर्दै आएको छ । बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिलाई डिजिटल कर्जामार्फत कर्जा लगानी सहज बनाएर कृषकको आर्थिक अवस्था सुधार्न तीनओटा संस्था मिलेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, योग्य किसानलाई कर्जाका लागि सहजीकरण गर्ने, ऋणीलाई अन्य विभिन्न खालका परामर्श सेवा प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयमा सहमति भएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष घलानले गाउँपालिकाका किसानलाई कृषि व्यवसायमा उत्प्रेरित गर्न विभिन्न कार्यक्रम गरिरहेको बताए । पालिकाले थप सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने तथा कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न उत्प्रेरित गर्ने उनले बताए । अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा शुरू गरिएको एनएमबि खेती कर्जा अब छिट्टै देशभर शुरू गर्ने तयारी गरिएको बैंकले जानकारी दिएको छ । बैंकले हाल २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर