रविले प्रधानमन्त्रीलाई भने- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालक पक्राउ परेपछि अब प्रहरी आफ्नो पछि लागेको संकेत पाएका लामिछानेले आइतबार राति सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई बसेर संवाद गर्न प्रस्ताव गरेका हुन् ।

रास्वपा सभापति लामिछानेले सरकारले सहकारीपीडितलाई न्याय दिने नियतले नभइ प्रतिसोध राखेको आरोप समेत लगाएका छन् ।

लामिछानेले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौ। सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न।

प्रधानमन्त्री ओली हाल अमेरिकाको न्यूयोर्कमा छन् । उनी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन त्यहाँ पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर