हुम्लाबाहेक देशका सबै जिल्लामा पुग्यो डेंगु

हुम्लाबाहेक देशभर डेंगु रोगको सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए ।

प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेंगी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *