कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन् : देउवा

सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।

सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सभापति देउवाको दाबी थियो । शनिवार काभ्रेको धुलिखेलमा बिपी कोइरालाको शालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । काँग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने ‘एमाले र काँग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर प्रतिस्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुसी भएका छन । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्यो । काँग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नु । काँग्रेसले गफ बढी गर्छ, काम गर्दैन । अनि खाइदेला नि अरू पार्टीले । त्यसकारणले काँग्रेसले अरू बढी काम गर्नुपर्याे । जनतासँगको सम्बन्ध बढाउनु पर्याे । जनताको दिल जित्नुपर्याे । जनताको कामहरु गर्नुपर्यो । त्यसकारण जनताको कामहरु हामीले गर्दै जानुपर्दछ । हामीले जिल्लाका मात्रै होइन, प्रदेशका सबै ठाउँका विकास योजनाका कामहरु गरेर आफ्नो ठाउँका लागि, आफ्नो गाउँको लागि, आफ्नो जिल्लाको लागि त्यतिमात्रै होइन, सर्वसाधारण जनता र खासगरीकन दुःख पाएका जनताको लागि हामीले काम गर्याै भने काँग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ । यसै काममा लाग्नका लागि म सबै साथीभाईहरुलाई आग्रह गर्न चाहन्छु । अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएका । यसमा यति धेरै गाह्रो छ । कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्याे । अप्ठ्यारो कामनै गर्नुपर्याे । त्यसको निम्ति मेहनत धेरै गर्याे भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ । कमसेकम नम्बर वान पार्टी पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुनेछ । यही काम लाग्न अनुरोध गर्दछु ।’

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिस्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पु¥याउने गरी काँग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *